२०८१ बैशाख ७ गते शुक्रवार

होटेल एम्मी फुड ल्याण्डको उद्घाटन

दाङ, मंसिर १८ ।
तुलसीपुरमा नयाँ होटल सञ्चालनमा आएको छ । मालपोत कार्यालय रहेको घरमा रहेको होटेलको नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले एक कार्यक्रमको बीच उद्घाटन गरेका हुन् ।

होटल उद्घाटन गर्दै उनले नाफामुखी भन्दा पनि सेवामुखी बन्न तथा गुणस्तरियतामा ध्यान दिन सल्लाह, सुझाव दिएका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाह, काँग्रेस क्षेत्रीय सचिव खिमबहादुर वलीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

यसैबीच ग्राहकको चाहनालाई मध्यनजर गर्दै गुणस्तरिय फास्ट फुडको लागि होटल स्थापना गरिएको प्रोप्राईटर जागेश्वर खड्काले जानकारी दिए । होटलले होम डेलिभरी सेवाको पनि उपलब्धता भएको काँग्रेस नेतासमेत रहेका खड्काले बताए । करिब नौ लाख लागतमा होटल सञ्चालनमा आएको खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *