२०८१ बैशाख ७ गते शुक्रवार

मंसिरदेखि हप्तामा तीन दिन हवाई सेवा सुरु हुने

मंसिर १ गतेदेखि दाङ–काठमान्डौंका लागि हप्तामा तीन दिन विमान सेवा सुरु हुने भएको छ । हाल सोमबार र शुक्रवार उडान हुँदै आएकोमा मंसिर १ गतेदेखि वुधबार समेत थप सेवा सुरु हुने जानकारी दिइएको छ ।  नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले उक्त जानकारी दिएका हुन । मंसिर महिना दैनिक तीन दिन सेवा दिएर हेर्ने बताएका उनले त्यही रुपमा यात्रुको चाप भए पुस महिनादेखि दैनिक हवाई सेवा सञ्चालन गर्ने गरि तयारी गरिएको बताए ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको दाङको एक मात्रै विमानस्थल तुलसीपुर उपमहानगरपालिकाको प्रयास पछि सुरु भएपछि सेवाग्राही खुसी भएका छन् । सुरुमा काठमान्डौं भैरहवा दाङ उडान हुने गरेको भएपनि पछिल्लो समय यात्रुको चाप बढेपछि दाङ काठमान्डौं सिधा उडान हुँदै आएको क्याप्टेन उद्धव घिमिरेले जानकारी दिए । इन्धन डिपो नहुँदा केही समस्या रहेपनि केही यात्रु कम बोकेरै भएपनि सिधा उडान गर्दै आएको घिमिरेले बताए । हवाइ सेवा नियमित भए यात्र ुसंख्यामा कमी नहुने तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले तर्क छ । ‘नेपालगञ्ज र भैरहवा जानेहरुको संख्या हेर्नेहो भने दाङवाट दैनिक दुई वटा पनि उडान हुन सक्छ’ रिजालले भने । नेपालगञ्ज र भैरहवा जानका लागि समय र पैसाको खर्च धेरै हुने भएको हुँदा तुलसीपुरबाट विमान सेवा लिनेहरुको संख्या बढ्दै जाने उनले अनुमान गरे । यसैबीच पछिल्लो समय विमान सेवा सुरु भएपछि माग अनुसारको टिकक उपलब्ध गराउन नसकिएको अनुभव टिकट व्यवस्थापनको जिम्मेवारी लिएका उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले साटे । ‘दशै र तिहारको दिनको उडान समेत प्याक भयो भने अघि पछिको कुरौ छोडौं ’ आचार्यले भने ।

टर्मिनल भवन वन्ने
तुलसीपुर विमानस्थल सञ्चालनसँगै यात्रु सुविधाका लागि सुविधा सम्पन्न टर्मिनल भवन वन्ने निश्चित भएको छ । भवन निर्माणका लागि केन्द्रबाट वजेट विनियोजन भइसकेको र तत्काल निर्माण प्रक्रिया अगाडि वढाइने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । नयाँ टर्मिनल भवन निर्माण भएमा टरिगाउँ एयरपोर्टको भविस्य मजवुत बन्ने उनले आशा व्यक्त गरे । उनले अस्थायी इन्धन डिपोको लागि सरकारले निर्णय गरिसकेको हुँदा अन्य प्रक्रिया समेत अगाडि बढेकोले निकट भविस्यमै त्यो दाङमा आउने आशा व्यक्त गरे ।

प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *