
तुलसीपुर, बैशाख ७ ।
दाङको तुलसीपुरमा पहिलो पटक टाउकोमा कपला रोप्न मिल्ने ‘हेयर प्लान्ट’ क्लिनिक संचालनमा आएको छ । तुलसीपुरमा ‘कायरा स्किन एण्ड हेर क्लिनिक’ संचालनमा आए संगै अबदेखि टाउको कपाल नभएकाहरु तथा कपाल रोप्न चाहानेहरुले तुलसीपुरमै त्यो सेवा पाउने भएका छन् । यसअघि यस्तो सेवा लिनका लागि काठमाडौं लगाएतका ठूला सहरमा जानु पर्ने बाध्यता थियो ।
छाला चेकजाँच गरि त्यस सम्बन्धि बिभिन्न रोगहरुको उपचार , सौन्दर्य सम्बन्धि बिभिन्न सेवा, हाइड्रा फेसियल, अनुहारको चाँया पोतो हटाउने, दाग सर्कलहरु हटाउने लगाएतका बिभिन्न सेवाहरु प्रदान गरिने एक जना संचालक राजेन्द्र महतराले बताए । यहाँ एक जना बिषेशज्ञ डाक्टर सहित थप दुई जना नर्सहरुले चेक जाँच गरि सेवा प्रदान गर्ने संचालक महतराले बताए । होटेल ब्यसाय संचालन गर्दै आएका महतराले स्वास्थ्य क्षेत्रमा केही नयाँ सेवा दिन चाहानाका साथ तुलसीपुरमै नौंलो ‘कायरा स्किन एण्ड हेर क्लिनिक’ संचालनमा ल्याएको जानकारी दिए ।
क्लिनिकमा अत्याधुनिक मेसिन बाट सेवा प्रदान गरिने अभिनासले बताए । ‘काठमाडौं पछि मध्यपश्चिमै हामीले उत्कृष्ट सेवा दिने प्रयास गरेका छौं,’ राजेन्द्रले भने ‘एक पटक आएर सेवा दिने अवशर प्रदान गर्नुहोस । कमिकमजोरी भए फिडब्याक दिन आग्रह गर्दछौं।’
कपाल रोप्न काठमाडौं जानु पर्ने बाध्यताको अन्त्य गर्न आँफुहरुले तुलसीपुरमै नौंलो खाले क्लिनिक संचालन गरेको अर्का संचालक अभिनाश बिष्टले बताए । नयाँ सेवा सुरु भएको अवशरमा तीन दिन छालाको चेकजाँच सम्बन्धि सेवा निशुल्क रुपमा प्रदान गरिने भएको छ ।
सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले क्लिनिकको उद्घाटन गरेका हुन । उद्घाटन पछि फरककोण संग कुरा गर्दै अध्यक्ष केसीले नेताका भाषणले देश बिकास र रोजगारी सृजना नहुने बरु युवा उद्यमीका कारण त्यस्ता अबशरहरु सृजना हुने बताए । अध्यक्ष केसीले छिट्टै कमाउने मात्रै उदेश्य राख्नु भन्दा गा्रहकको मन जित्ने गरि प्रदान गरिने सेवाले ब्यबसायीको भविश्य सुनिश्चित हुने बताएका थिए ।
उदघाटन समारोहमा उपाध्यक्ष देवबहादुर केसी, महासचिव केशवराज केसी, नेपाली काँग्रेस तुलसीपुरका नगरसभापति सुरेश हमाल लगाएतका उद्योगी ब्यबसायीले तुलसीपुरमै नौलो ब्यबसाय भित्र्याएको भन्दै शुभकामना दिनुका साथै गुणस्तरिय सेवा प्रदान गर्न आग्रह गरेका थिए ।
तुलसीपुर राजेन्द्र महतरा र घोराहीका औषधि ब्यबसायी अभिनाश बिष्ट गरि दुई जना युवाले मिलेर ‘कायरा स्किन एण्ड हेर क्लिनिक’ संचालनमा ल्याएका हुन । जस्को लगानी झन्डै ७० लाख पुगेको एक जना संचालक महतराले बताए ।
तुलसीपुर नगर बिकासको जग्गा उपमहानगरपालिका संग बार्षिक झन्डै २२ लाख भाडामा लिएर ‘द पार्क क्याफे’ संचालन गर्दै आएका महतराले त्यसको सम्मुख पश्चिममा ‘कायरा स्किन एण्ड हेर क्लिनिक’ संचालनमा ल्याएका हुन ।
तस्बिरहरु –







