गोविन्द खड्का, घोराही मंसिर २१ । मोवाईल तथा ईलेक्टोनिक्स व्यवसायी संघ घोराही दाङको नेतृत्व चुन्न मतदान भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास संभव नभएपछि सोमबार घोराहीमा संघको नेतृत्व चुन्न मतदान भएको थियो ।
त्यो मतदान बाट संघको अध्यक्षमा कृष्णबहादुर कुँवर विजयी भएका छन् । कुँवर ३८ मत प्राप्त गरी विजयी भएका हुन ।
निकटतम प्रतिद्धन्दी भिमसेन डिसीले २२ र अर्का प्रतिष्पर्धी ललित बेल्बासेले १९ मत प्राप्त गरेका थिए ।
संघका अन्य पदाधिकारी भने सर्वसम्मत चुनिएका थिए ।
जस्मा संघको उपाध्यक्षमा शुरेश पोख्रेल, महासचिवमा चन्द्रप्रकाश विक, सचिवमा धनेन्द्रप्रताप विश्वकर्मा र कोषाध्यक्षमा मदन वली छन् ।
त्यस्तै सदस्यहरुमा हिमाल केसी, शुसान्त खरेल, दिवाकर पाण्डे, रफिक मोहमद, राजु चौधरी र भविन्द्र पुरीपनि सर्वसम्मत रुपमा चयन गरिएका थिए ।
नव निर्वाचित कार्यसमितिको कार्यकाल तीन बर्षको हुने छ ।
