२०८३ कार्तिक ९ गते आइतवार

चोरीको आरोमा १३ बर्षीय बालकको हत्या

दाङ , असोज १५ । रुकुम पश्चिममा एक जना बालकको हत्या भएको छ ।


जिल्लाको बाफिकोट गाउँपालिका – २ लामाचोकका १३ बर्षीय डिल्ली नाथको धारिलो हतियार (चक्कु) र ढुँगा प्रहार गरि हत्या भएको अवस्थामा शब खोल्सामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।


उनको शब मंगलबार फेला परेको थियो । जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरिप्रशाद पुनका अनुसार नाथको निधार र टाउकोमा धारिलो हतियार चक्कुले काटेका खतहरु रहेका छन् । शरिरका बिभिन्न भागहरुमा निलडामहरु देखिएको प्रहरी निरीक्षक पुनले बताए ।


नाथको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । हत्यामा संलग्न मध्यका मुख्य अभियुक्त ठानिएका एक जनाले आफ्नो उमेर १९ बर्ष बताउँदै आएका छन् । तर प्रहरीले उमेर एकीन गर्नका लागि उनको नागरिकता मागेको छ ।


अर्का बालक भने अन्दाजी हत्या गरिएका नाथको उमेरका छन् । प्रहरी हिरासतमा रहेकाहरुले नाथको हत्या गरेको साबिती बयान दिइ सकेको प्रहरी निरीक्षक पुनले बताए । प्रारम्भीक अनुसन्धानबाट पसलबाट सामान चोरी गरेको आरोपमा योजना बनाएर नाथको हत्या भएको खुल्न आएको प्रहरी बताउँछ ।

पसलवाट चाउचाउ, बिस्कुटका साथै पेन ड्राइभ चोरी भएपछि नातेदार समेत पर्ने १९ बर्षीय किशोरले त्यो आरोप नाथमाथि लगाउँदै आएका थिए ।


असोज १३ गते १३ बर्षीय नाथ बिहान घरबाट साइकल लिएर डुल्न निस्किएका थिए । बाटोमा दुई जना संग भेट भएपछि उनीहरुले नै नाथलाई मुनी खोल्सामा बेलौती (अम्बा) खान जाउँ भनेर लगेका थिए । त्यसक्रममा नाथले आफ्नो साइकल माथि डाँडोमै राखेका थिए ।

१९ बर्षका भनिएका किशोरले नाथलाई मुनी खोल्सामा पुर्‍याएपछि आफ्नो चोरी लगेका सामन फिर्ता गर भन्दै लात्ताले हिर्काएका थिए । नाथ ढलेपछि उनीमाथि ढुँगा र चक्कु प्रहार गरि हत्या भएको खुल्न आएको प्रहरीले बताएको छ ।


तर, नाथमाथि आक्रमण भइ रहँदा क्रममा नाथकै उमेरका अर्का किशोर भने त्यहाँ बाट निस्किएको खुल्न आएको प्रहरीले बताएको छ । त्यसपछि हत्यामा संलग्न भएका भनिएका किशोर माथि डाँडोमा उक्लिएर नाथको मृत्यु साइकल दुर्घटनाका कारण भएको देखाउन साइकल पनि खोल्सामा फालिदिएका थिए ।

साइकल झन्डै १५ मिटर मुनी र नाथको शब झन्डै ४५ मिटर मुनी खोल्सामा फेला परेको प्रहरी निरीक्षक पुुनले बताए ।


नाथको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ असोज १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *