एजेन्सी,असार १६ । भारतमा बस दुर्घटना हुँदा २५ जनाको घटनास्थलमै मृत्यु भएको छ । महाराष्ट्रको मुम्बई-नागपुर एक्सप्रेस सडकमा बस दुर्घटनामा परेको हो ।
बसमा ३३ जना सवार थिए । स्थानीय प्रहरीले घटनाको पुष्टि गरेको समाचार संस्था एएनआइले लेखेको छ ।
२९ बीई १६१९ नम्बरको बस नागरपुरदेखि समृद्धि हाइवे हुँदै पुनेतिर जाँदै थियो । यस क्रममा बुलढाणको सिदखेड राजा भन्ने ठाउँनजिकै टायर पड्केर बस अनियन्त्रित भयो ।
यसपछि बस एक पोलमा ठोक्किएको थियो । ठक्करका कारण बसको डिजिटल ट्याङ्क फुट्यो र बसमा आगो लाग्यो ।
प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
