तुलसीपुर, असार १ । तुलसीपुरमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ ।
घाइते नौं जना मध्य ६ जनालाई थप उपचारका लागि बाँकेको नेपालगंज नरसिंह होममा रिफर गरिएको छ ।
जिपका चालक रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ ओत निवासी ४० बर्षीय बिष्णु पुन मगरको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका गम्भीर घाइते मध्य गंगादेव – १ बिवाङका २३ बर्षीय बलबहादुर वली, सोही वडा निवासी ३२ बर्षीया गौशला वली, सल्यानको छत्रेश्वरी गाउँपालिकाकी २१ बर्षीया गीता बिक, बिकका ७ बर्षीय छोरा पवन बिक, ६ बर्षीया छोरी स्नेहा बिक र दाङको तुलसीपुर उपमहानगरपालिका – १५ का ३३ बर्षीय खुसीराम चौधरीलाई राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपालगंज नरसिंह होममा रिफर गरिएको छ ।
दुर्घटनाका घाइते मध्य गम्भीर अवस्था भएपनि गंगादेव – १ ओतका ४२ बर्षीय दुलबहादुर वली, सोही वडाकी मध्यम अवस्थाकी २० बर्षीया रिता डाँगी र छिमेकी देश भारतको बंगाल कलकत्ताका ३० बर्षीय सादाम हुसेनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको यात्रुबहाक जीप तुलसीुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला नजिकैबाट अन्दाजी ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले घटनास्थलबाट जानकारी दिएका थिए ।
शुक्रबार बिहान साढे दश बजेपतिर उक्त दुर्घटना भएको थियो । यात्रुबहाक उक्त जीप तीब्र गतिका कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।
अघिल्लो महिना पनि सोही ठाउँमा जीप दुर्घटनामा परेको थियो ।
