२०८३ असोज २८ गते बुधवार

प्रेस र मानव अधिकार एक–अर्काका परिपुरक – सञ्तोष सुबेदी

तुलसीपुर,बैशाख २० । ‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’भन्ने नाराका साथ बुधवार दाङ सहित देशैभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।

सन २९९३ डिसेम्बरमा संयुक्त राष्ट्र महासभाले ३ मे मा नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनको समापनमा स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी भएको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा स्वतन्त्रता र व्यवसायिक नैतिकता बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

त्यस अवसरमा बोल्ने बक्ताहरुले समाचार लेखे वा बोलेकै आधारमा पत्रकारमाथि आक्रमण हुने क्रम नरोकिएको भन्दै चिन्ता जाहेर गरेका थिए । यसले गर्दा अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता माथिका चुनौतीहरु कायमै रहेको उनीहरुको भनाई छ ।


पेशागत तथा भौतिक असुरक्षाका कारणले केही पत्रकारहरु पेशाबाट विस्थापित हुन पुगेको र त्यो क्रम अझै बढदै गएको बक्ताहरुले बताए । उनीहरुले राज्यले तोकेको न्यूनतम पारिश्रमिक समेत उपलब्ध गराउन संचारसंस्थाहरूले ध्यान नदिनुले पेशागत सुनिश्चितता कायमै रहेको बताएका थिए ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका अध्यक्ष नविनकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि नेपाल पत्रकार महासघं दाङका उपाध्यक्ष सञ्तोष सुवेदीले प्रेस र मानव अधिकार एक–अर्काका परिपुरक भएको बताए । ‘लोकतन्त्र भएन भने स्वतन्त्रता रहदैन् र स्वतन्त्रता नरहेमा नागरिकहरुको अधिकार बहाली गर्न सकिदैन,’–उनले भने ।

प्रेस स्वतन्त्रता प्रेस सम्बन्धी मात्रै जोडिएको बिषय नभएर हरेक नारिकको स्वतन्त्रता संगै प्रेस सँग जोडिएको सवाल भएको उनले जोड दिए ।

‘नागरिकहरुको बिचार राख्ने अधिकारसंग जोडिएको विषय हो यो,’ उनले भने । पछिल्लो समय सामाजिक सञ्जाल, युटुवहरुबाट आइरहेका कुराहरुलाई मिडियासगं जोड्ने भएका कारणले पनि पत्रकारिता भित्र आलोचना बढीरहेको उनको भनाइ थियो ।

त्यस्तै उनले पत्रकारले आँफैले गरिराखेको कामलाई आलोचनात्कम दृष्टिले गरिरहेका कामहरु मर्यादित छन कि छैनन् भनेर हेर्नु पर्ने बताए । ‘गोपनियताको हक छ,आचारसंहिता छ,तर हामीले त्यसलाई प्रयोगमा ल्याएन सकिरहेका छैनौंं,’ उनले भने ‘महासघंले जारी गरेको आचारसंहिता भित्र रहेर आफ्ना कन्टेनहरु दिन सक्ने बातावरण गराउन महासंघ दाङले युटुवहरुलाई तालिम प्रदान गरेको थियो ।’


उक्त तालिम पश्चात परिवार र व्यक्तिको जीवनसगं दंख्खल दिएर आफ्ना उत्पादनहरु तयार पार्ने जिल्लामा केही मात्रामा हद कम भएको महसुस भएको उनले बताए ।

कार्यक्रममा नागरिक समाजका सल्लाहाकार टिकाराम रेग्मीले जबसम्म भ्रष्टचारलाई नियन्त्रण गर्न सकिदैन तब सम्म लोकतन्त्र जिवित रहन नसक्ने तर्क गरे ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रीय वरिष्ठ उपसभापति शुशिल बस्नेतले पत्रकारले राजनीति भन्दा आफ्नो पेशालाई महत्व दिनु पर्ने बताए ।
उनले महासंघले पत्रकारहरुको जिविकोपार्जनका लागि काम गर्न आवश्यक रहेको जोड दिए ।


नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरीले महिला पत्रकारहरु बिहे पछि पेशामा टिकी रहन कठिन रहेको बताइन ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङका निवर्तमान सभापति तुल्सीराम सुनार,शरद रेग्मी, राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा, नेपाल पत्रकार महासंघ दाङका सदस्य दीपक बोहरा, पत्रकार निरला अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समाजकी सदस्य उमा भण्डारीको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव अमृतकाजी शर्माले गरेका थिए भने समाजका केन्द्रीय सचिव निर्मल नेपालीले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

तस्बिर : झग्गु भण्डारी ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *