२०८३ बैशाख १३ गते आइतवार

नेपाल गोजुरियो कराते दो संघ दाङको अध्यक्षमा: रानामगर


लक्ष्मण बस्नेत, दाङ,असार १४ । नेपाल गोजुरियो कराते दो संघ दाङको अध्यक्षमा हरिष चन्द्र रानामगर चयन भएका छन् ।

संघको आज सोमबार सम्पन्न अधिवेशनले हरिष चन्द्र राना मगर अध्यक्ष रहेको संघको १७ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्ष द्वयमा पोम राज घर्तिमगर,हुम बहादुर परियार,सचिब राजनिश कुमार सिंह ,कोषाध्यक्ष निशाना रोकामगर,सहसचिव अजय दुलाल छ्न ।

त्यसैगरी संघको सदस्यहरुमा एमसन चौधरी,नम बहादुर नेपाली,नकुल नेपाली,किरणा खड्का,सुन्दर रोका,सृजना गौतम,तारा रोकामगर अन्जली राहु मगर र प्रदिप कुमार चौधरी रहेका छन ।

अधिवेशन उद्घाटन समारोह नेपाल गोजुरियो कराते दो संघका बरिस्ठ प्रशिक्षक नव राज रोकाको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख पद्मा चौधरीको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो करातेका लुम्बिनी प्रदेश प्रमुख बलराज नेपालिको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी चौधरी,बिशिस्ट अथिती नेपाली,तुलसिपुर खानेपानीका निवर्तमान अध्यक्ष तथा समाजसेवी खेमराज वलि, दाङ जिल्ला कराते संघका अध्यक्ष पदम बहादुर बस्नेत, नेपाल गोजुरियो कराते संघका बरिस्ठ प्रशिक्षक बिरेन्द्र बिक,खेलपत्रकार लक्ष्मण बस्नेत,लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरे ।

तारा रोकामगरको स्वागत रहेको कार्यक्रमको संचालन हरिष चन्द्र रानाले गरेका थिए ।

यसैबिच संघको आज सोमबार नै बसेको पहिलो बैठले संघको सल्लाहकार चयन र प्रमुख प्रशिक्षक न्युक्त गरेको छ ।

संघका अध्यक्ष हरिष चन्द्र रानामगरको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा खेम राज वलि,बिरेन्द्र बिक,नवराज रोका,लक्ष्मण बस्नेत,बिबेक बिक र संघको प्राविधिक प्रमुखमा घनश्याम गिरि लाई चयन गर्ने निर्णय गरेको सचिब राजनिश कुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *