२०८३ बैशाख १३ गते आइतवार

कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न

लक्ष्मण बस्नेत,दाङ,जेठ २९। दाङको तुलसीपुरमा संचालित प्रथम जिल्लास्तरिय कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स आईतवार सम्पन्न भएको छ ।

दाङ जिल्ला कराते संघको आयोजनामा संचालित कोर्समा करातेको कुमुते र कातामा हुने प्रतिस्पर्धामा एउटा रेफ्रीले कसरी निर्णायकको भुमिका निर्वाह गर्ने, ध्यान दिनुपर्ने पक्ष, रेफ्री सम्बन्धी पछिल्लो अपडेट, फिजिकल फिट्नेस,क्विक डिसिजन लगाएतका विषयमा प्रशिक्षण दिईएको थियो ।

रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्समा नेपाल सितोरियो कराते संघका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठ, नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष बद्रीनाथ श्रेष्ठ,नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपालीले प्रशिक्षण दिएका थिए ।

तीनदिन सम्म चलेको प्रशिक्षणमा जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका ६० बढी सिनिएर खेलाडि तथा स्वमसेवक प्रशिक्षकको सहभागिता रहेको थियो । दाङ जिल्ला कराते संघका अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षता तथा नेपाल सितोरियो कराते संघका केन्द्रिय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक महेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा एवं नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष बद्रीनाथ श्रेष्ठ र नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपालीको बिशिस्ट आतिथ्यमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र टाई प्रदान गरिएको थियो ।

त्यसअबसरमा कार्यक्रमका प्रमुख अतिथी महेशकुमार श्रेष्ठ, बिशिस्ट अतिथी द्वय बद्रीनाथ श्रेष्ठ र बलराज नेपाली, दाङ जिल्ला कराते संघका सल्लाहकार लक्ष्मण बस्नेतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन संघका सचिब मोहलाल थापाले गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *