२०८३ जेष्ठ ३० गते शनिवार

घोराहीका युवकको मृत्यु प्रकरणमा ६ जना धरौटीमा छुटे

तुलसीपुर, पुस १९ । साथीको जन्म दिन मनाउन होटेलमा गएका एक युवकको मृत्यु प्रकरणमा १६ जना प्रतिबादी मध्य ६ जना पूर्पक्षका लागि धरौटीमा रिहा भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेल जन्मदिन मनाउने क्रममा होटेलको छनबाट खसेर अचेत भइ उपचारका क्रममा गत मंसिरमा मृत्यु भएको थियो ।

उक्त घटना पछि संगै जन्मदिन मनाउने नबीन गिरीलाई एक लाख ५० हजार र अजय न्यौंपाने, नयम गौतम, हिमाल थापा, मनिस सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार धरौटीमा पूर्पक्षका लागि छोड्न दाङ जिल्ला अदालतले आदेश दिएको हो ।

अदालतले आर्यन केसी र बिकाश भण्डारीलाई साधारण तारेखमा छोड्न आदेश गरेको छ । त्यस्तै अन्य आठ जना नाबालक रहेको हुँदा मुद्दा पूपक्षका लागि अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । जिल्ला अदालतले आइतबार त्यस्तो आदेश दिएको सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए ।

मुद्दा फैसला हुन बाँकी रहेको र साँक्षी बयान पछि अभियोग ठहर भएमा सोही बमोजिम हुने गरि पूर्पक्षका लागि कसैलाई धरौटीमा, कसैलाई साधारण तारेखमा र नाबालकहरुलाई अभिभावकको जिम्मा लगाउन आदेश भएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस

पौडेल मृत्यु प्रकरण ः होटेल सञ्चालकसहित ११ जना बिरुद्ध पाँच दिन म्याद थप

घोराहीमा साथीको जन्मदिन मनाउन गएका युवकको मृत्यु, साथीहरु पक्राउ

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *