तुलसीपुर, चैत १२ । घोराहीमा बसेर अध्यनरत तुलसीपुरका दूई छात्रालाई कोरोना संक्रमन पुष्टि भएको छ । तुलसीपुुर उपमहानगरपालिका वडा नं. ४ र वडा नं. १७ घर घई घोराहीमा अध्यनरत २१ बर्षीया दूई छात्रामा बिहीवार कोरोना संक्रमण पुष्टि भएका तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्तमण पुष्टि भएको हो । फोकल पर्सन केसीका अनुसार हालसम्म तुलसीपुरमा कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ । जसमध्य २ जना होम आइसोलेसनमा बस्दै आएको केसीले बताए ।
प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
