
दाङ, चैत ८ । सल्यानमा नेपाल टेलिकमका एक कर्मचारी करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।नेपाल टेलिकमको कार्यालय खलंगामा कार्यरत ४५ बर्षीय लोकमान वलीलाई टेलिफोनको तार विस्तार गर्ने क्रममा आइतबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका हुन ।
छत्रेश्वरी गाउँपालिका वडा नं. ६ भोटेचौरस्थित कार्यालय भवनको छतमा चढेर टेलिफोन बिस्तार गर्ने क्रममा ३३ केभी प्रशारण लाइनमा छुन पुग्दा वलीलाई करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार वलीलाई दिउँसो साढे २ बजेतिर करेन्ट लागेको थियो । शारदा नगरपालिका वडा नं. १ सितलपाटी घर रहेका वलीलाई करेन्ट लागे लगतै उद्धार गरि छत्रश्वरी गाउँपालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल खंलगा पु¥याइएको थियो ।
घाइते वलीलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत बेलुका ५ ः ४० बजे थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
तस्विर – नविन पौडेल
