
देउखुरी, चैत १ । राप्ती गाउँपालिकाकाले जलिए जैविक विभिदता संरक्षणका लागि आइतबार दोलाई खोला समुदायलाई हस्तान्तरण गरेको छ ।मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रको आयोजनामा दोलाई खोलामा जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायसंग परामर्श गरि जल र जलिए जैविक विविधता संरक्षण गर्दै आएको बैखा संरक्षण समुहलाई खोला हस्तान्तरण गरिएको हो ।
राप्ती गाउँपालिका वडा नं. ५ मा पर्ने दोलाई खोलाको ७६ हेक्टर क्षेत्रमा असुरक्षित माछा मार्ने कार्यको पूर्ण रुपले रोक लगाउदै जलिय जैविक जीवको संरक्षण गर्ने उदेश्यका साथ समुदायलाई खोला हस्तान्तरण गरिएको हो ।
बैखा संरक्षण समुहलाई राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रका सचिव कुमारराज श्रेष्ठ, कार्यक्रम संयोजक प्रदिप मजगैया लगायतले खोला संरक्षणका लागि स्वीकृति सहित प्रमाण पत्र प्रदान गरेका हुन ।
राप्ती गाउँपालिकाले जलचर एवं जलिय जैविक विविधता संरक्षण ऐन २०७५ पाश गरि ऐन अनुसार राप्ती गाउँपालिका क्षेत्रका असंख्य खोला, नदी तथा कुला कुन्टाहरुमा प्राकृतिक रुपमा माछा तथा जलिय जैविक विविधताको संरक्षण गर्न स्थानीय राजपत्रमा समेत ऐन प्रकाशन गरि सकेको छ ।

देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदी, खोलामा जलिय जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदी तथा खोलाहरु सामुदायलाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको मानव कल्याणका कार्यक्रम प्रबन्धक प्रदिप मजगैंयाले बताए ।
जलचर एब जलिय जैविक विविधता संरक्षण ऐन पाश गरि समुदायले संरक्षण गरेका नदी समुदायलाई भोगाधिकार दिन सकिने ब्यबस्था ऐनमा रहेको छ । संस्थाले राप्ती नदीको जलिय जैबिक विविधताका चुनौतीहरुलाई न्यूनिकरण गर्ने तथा दिगो तरीकाले माछाको उपयोग गरी बिनासकारी रुपमा माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने उदेश्य राखेको छ ।
त्यस्तै मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्न देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समुह समेत गठन गरि संरक्षणको अभियानलाई तीब्रता दिदै आएको फिल्ड संयोजक राममोति चौधरीले बताइन ।
