काठमाडौं, असोज ११ । पछिल्लो २४ घण्टामा एक हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्र ८८५ जना संक्रमणमुक्त भएका छन् । यी सहित हालसम्म ५३ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
आजमात्रै १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यीसहित हालसम्म मृतकको संख्या ४७७ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
