
तुलसीपुर, कात्तिक ३० ।
प्रहरीले तुलसीपुरबाट आइतबार राति १५ जुवाडे पक्राउ गरेको छ । उनीहरुको साथबाट ५ लाख ३० हजार २ सय ५३ रुपैयाँ बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए ।
प्रहरीले शनिबार बेलुकी मात्रै घोराहीका दुई जुवामा एकै साथ छापा हानेर १७ जनालाई पक्राउ गरेको थियो । उनीहरको साथबाट ५ लाख बढी नगद बरामद भएको थियो ।
इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक टोपेद्र घर्तीका अनुसार गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीको संयुक्त टोलीले छापा हानेर १५ जनालाई जुवा खालबाट मध्यराति ११ बजेतिर पक्राउ गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका – ५ मासुमार्केटस्थित तेजबहादुर डाँगीको घरमा ठूलो रकमको हारजित हुने गरि जुवा भइ रहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर – ५ बसपार्कका ५५ बर्षीय मोहमद अनिस कुरेसी, तुलसीपुर – ७ नयाँबस्तिका ५२ बर्षीय भिमसेन बिक, तुलसीपुर – ८ दुधेनाका ३२ बर्षीय सिमोन सुनार, तुलसीपुर –९ बेलुवाका ४५ बर्षीय मानबाहदुर बिक, तुलसीपुर – ५ मासुमार्केटका ५० बर्षीय रहिस कुरेसी, तुलसीपुर – ९ बेलुवाका ४० बर्षीयक कमल बिक , सोही ठाउँका ४९ बर्षीय केशव बिक लगाएत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार पक्राउ पर्ने अन्य ब्यक्तिहरुमा तुलसीपुर –१२ हरिपौराका २६ बर्षीय बिशाल केसी, सोही वडाको जस्पुर निवासी ३१ बर्षीय किशोर बिक, तुलसीपुर – ७ हात्तीखौवाका ४५ बर्षीय धनेश्वर बिक, तुलसीपुर –९ बेलुवाको ६३ बर्षीय कुलबहादुर डाँगी, सोही ठाउँका ३३ बर्षीय साहित राइनी, घोराही उपमहानगरपालिका – ८ ढिकपुरका ४५ बर्षीय कान्तप्रशाद गिरी, सल्यानको शारदा नगरपालिका – ८ रानीकोटका ३१ बर्षीय सुमन बुढाथोकी र सल्यानको कुपिन्डे नगरपालिका –९ जहितेपानीका ४२ बर्षीय विरबहादुर बिष्ट पक्राउ परेका हुन ।
जुवाको खालबाट १२ प्याकेट तासपनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरीले सोमबार म्याद थप्नका लागि जिल्ला अदालत पुर्याउने भएको छ ।
