२०८३ भाद्र २१ गते आइतवार

प्रमिला बुढाथोकी बस्नेतको नाममा कुसको पत्ला बनाइ दाहासंस्कार

दाङ, भदौ २० ।

भोटेकोशी बाढीमा परि बेपत्ता भइ दश दिनसम्म पनि फेला नपरेकी सल्यानकी एक जना महिलाको कुसको पत्लाको दाहासंस्कार गरिएको छ ।
जिल्लाको बागचौर नगरपालिका–८ गैरागाउँकी ३२ बर्षीया प्रर्मिला बुढाथोकी बस्नेतको नामको पुत्ला बनाइन शनिबार घर समाजले शारदा नदीको कालाखेत आर्यघाटमा कुसको पुत्ला बनाइ धार्मिक परम्परा अनुसार दाहासंस्कार गरेका हुन ।

वडाध्यक्ष सुशिलजंग चन्दका अनुसार गाउँ समाजले बाढीको १० दिन बितिसक्दापनि प्रमिला फेला नपरेको हुँदा उनी जीवित नरहेको निष्कर्षसहित कुसुको पुत्ला बनाइ अन्तेष्टि कार्य गरेको हो ।
१३ बर्षीय छोरा सुशान्त बस्नेत आमा प्रमिलाको किरिया बसेका छन् । उनका ६ बर्षीय भाइ सुदिपपनि छन् । उनीहरु दाजु भाइ दाङको तुलसीपुरमा आफन्तको साथमा बसेर अध्यन गरि रहेका छन् ।
वडाध्यक्ष चन्दका अनुसार कोराना महामारीको समयमा प्रमिलाका श्रीमान गोबिन्द बितेका थिए ।
म्यानपावर ब्यबसायी गोबिन्दले रसुवाको टिमुरेमा केही जग्गा र घरपनि जोडेका थिए । प्रमिला श्रीमानको मृत्यु पछि दुई नाबालक छोराको भविश्य बनाउन सीमा नाका रसुवामा सामान ओसार पसारको काम गर्ने गर्थिन ।
त्यही क्रममा भदौ १० गते बिहान पौने ९ बजेतिर आएको बाढीमा उनी परेकी थिइन ।
प्रमिलाले शारदा – १३ आफ्ना दाजु ४१ बर्षीय रिमबहादुर बुढाथोकी, ३९ बर्षीय भाउजु रिता बुढाथोकीलाई पनि आँफु संगै टिमुरे लगेकी थिइन । रिम र रिताका छोरा १७ बर्षीय प्रबिण बुढाथोकी पनि बाढीमा परि बेपत्ता छन् । यद्यपी उनीहरु तीनै जनाको शुक्रबार घर परिवारले कुस निर्माण गरि अन्तिम संस्कार गरि सकेको त्यहााक्ँ वडाध्यक्ष जंगबहादुर बुढा मगरले बताए । मगरका अनुसार सोही बाढीमा परि दाङको राजपुर गाउँपालिका – ७ सिक्टामा बिबाह भइ फुपु प्रमिलासंगै टिमुरेमा बस्दै आएकी (अर्कौ दाइको छोरी) लक्ष्मी बुढापनि बेपत्ता छिन् ।

भोटेकोशीको बिनासकारी बाढीले एकै परिवारका ५ जना बेपत्ता भएको उनले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *