२०८३ भाद्र २० गते शनिवार

बेलुवाका राजुको करेन्ट लागेर मृत्यु


तुलसीपुर, भदौ २० ।


दाङ तुलसीपुर बेलुका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा माछापोखरी टोलका २४ बर्षीय राजु घर्तीको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक टपेन्द्र घर्तीका अनुसार बिहान पौने ११ बजेतिर घर्तीले आफ्नै घरबाट बिजुलीको तार प्रयोग गरी घर नजिक रहेको टिकरी सिंचाई कुलोमा करेन्ट लगाई माछा मार्ने प्रयास गरेका थिए । सोही क्रममा आवश्यक सावधानी अपनाउन नसक्दा उनी आँफैलाई करेन्ट लाग्न पुगेको थियो ।


करेन्टको झट्काले बेहोस अवस्थामा पुगेका उनलाई उद्धार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको थियो ।
अस्पतालका चिकित्सिकले तत्काल चेकजाँच पछि उनलाई सवा ११ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०८३ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *