२०८३ भाद्र १७ गते बुधवार

भोटेकोशी बाढी अपडेट – बुधबार बिहानसम्म १ हजार ११३ जनाको शब फेला

दाङ , भदौ १७ ।

भदौ १० गते बिहान भोटेकोशमा आएको बिनासकारी बाढीमा परी बुधबार बिहानसम्म १ हजार १ सय १३ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा बुधबार बिहानसम्म भोटेकोशी बाढीमा परेका मध्य १ हजार १ सय १३ जनाको शव फेला परेको हो ।

हालसम्म ३९५ पुरूष, २२४ जना महिला, ४४ जना बालिका , ३१ जना बालक र लिंग पहिचान नभएका थप ४२३ जनाको शब फेला परेको हो ।
फेला परेका मध्य ९५ जनाको सनाखत भइ परिवारलले शब बुझेर लगेको प्रहरीले जानकारी दिएको छ ।
बाढीमा परि ज्यान गुमाएका मध्य अझैं ९ सय ११ जनाको शबको पहिचान हुन बाँकी छ ।

हालसम्म बाढीमा परी ४ हजार ८५८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । त्यसमा नेपाली ४ हजार २७५ जना र ५८३ जना विदेशी नागरिक रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *