२०८३ साउन २६ गते मङ्गलवार

रुकुम पूर्वबाट कस्तुरीको बिनासहित २ जना पक्राउ परे


दाङ , साउन २६ ।


रुकु्म पूर्व बाट कस्तुरीको बिनासहित दुई जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा रुकुम पश्चिमको सानी भेरी गाउँपालिका – ११ का ३८ बर्षीय मिलन केसी र रुकुम पूर्वको सिस्ने गाउँपालिका – १ पाखापानीका २५ बर्षीय टकल बुढा छन् ।
रुकुम पूर्वको रुकुमकोट बाट पश्चिम रुकुम तर्फ जाँदै गरेको केसीले चलाएको रा ४ प ९७०० नम्बरको मोटरसाइकलमा पछाडि सवार बुढाले बोकेको झोलामा २ ग्राम ६४० मिलीग्राम कस्तुरीको बिना बरामद भएको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक लालबहादुर बिकले बताए ।

अस्थायी प्रहरी पोष्ट खोपीचार बाट प्रहरी नायव निरीक्षक जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो साढे ४ बजेतिर मध्यपहाडी लोकमार्गमा सवारी चेकजाँचका क्रममा उनीहरुको साथबाट कस्तुरीको बिना फेला पारेपछि नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *