२०८१ बैशाख २१ गते शुक्रवार

सुनको भाउ १३ सय रुपैयाँले घट्यो

काठमाण्डौ ,पुस १९ । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख २० हजार ८ सय र अस्ति मङ्गलवारको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *