२०८१ बैशाख २१ गते शुक्रवार

दाङ देखि एसि सहितको दिवा बस सेवा सुरु


शरद रेग्मी,तुलसीपुर,पुस १८ । राप्ती यातायात सेवा प्रालीले एसि सहितका स्तरिय दिवा बस सेवा सुरु गरेको छ।

मंगलबार एक कार्यक्रमका बिच प्रालिका अध्यक्ष सुरेश हमालले रिवन काटेर एकैसाथ चारवटा दाङ-काठमाण्डौ दिवा बसको शुभारम्भ गरेका हुन ।

डिलक्स र आरामदायी सिटहरु रहेका बसहरुमा यात्रा गर्दा चिसो मौसममा हिटर र गर्मि समयमा एसिको सुविधा रहेको छ ।

यस अघि स्तरिय एसि र डिलक्स सहितका रात्री बस सेवा सुरु गरेको प्रालिले यात्रुहरुको माग र सुबिधाका लागि दिवा बस सेवा सुरु गरेको अध्यक्ष हमालले जानकारी दिए ।

यस क्षेत्रको सबैभन्दा पुरानो र स्थापित तत्कालीन राप्ती समिति रुपान्त्रण हुदै प्रालिसम्म आईपुग्दा आफ्ना सेवाहरु पनि बिस्तार गर्दै आएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *