२०८१ बैशाख १९ गते बुधवार

राप्ती प्रतिष्ठान कर्मचारी समाजको कार्य समिति बिस्तार


दाङ ,मंसिर १८ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र नर्सिङ सम्मिलित प्रतिष्ठान स्वास्थ्यकर्मि कर्मचारी समाजको बैठक सम्पन्न भएको छ ।

प्रतिष्ठानमा बसेको औपचारिक बैठकले एमजिडिपि डा. उमाकान्त तिवारीको नेतृत्वमा गठित समितीलाई बिभीन्न बिभागबाट प्रतिनिधी समेटेर पुर्णता दिने निर्णय गरेको छ ।

तिवारी नेतृत्वको समितिलाई बैधानिकता दिन हाडजोर्नी विशेषज्ञ डा. बिकास न्यौपानेलाई जिल्ला प्रशासनमा सस्था दर्ता गर्ने गरि बिधान तयार गर्न जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले समाजको उपाध्यक्षमा शाखा अधिकृत रमिता गौतमलाई उपाध्यक्ष र सदस्य सचिबको जिम्मेवारीमा आईटि अफिसर हिरालाल भण्डारीलाई सर्बसम्मत चयन गरेको छ ।

बैठकले कर्मचारी, चिकित्सकको पेशागत हक हितका लागि उक्त समिती गठन गरिएको अध्यक्ष तिवारीको भनाई छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *