२०८१ बैशाख २० गते बिहिवार

एमाले प्रतिनिधि परिषद् बैठकमा झन्डै २ हजार ५ सय जना सहभागी हुने


काठमाण्डाै ,बैशाख ७ । नेकपा एमालेको भोलि र पर्सि हुने प्रतिनिधि परिषद् बैठकमा झन्डै साढे दुई हजार जना सहभागी हुने भएका छन् ।

पहिलो पटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय कमिटी, आयोजकलगायत गरी दुई हजार चार सय ५४ जना सहभागी हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने आज आयोजित पत्रकार सम्मेलनमा गौतमले जानकारी दिए ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक वैधानिक हिसाबले सबैभन्दा ठूलो औपचारिक फोरम रहेको एमालेले जनाएको छ ।

यस्तै एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औँ वर्षका उपलक्ष्यमा यही वैशाख १० गते हीरक महोत्सव आयोजना गर्ने जनाएको छ ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *