२०८१ बैशाख २० गते बिहिवार

राजनीती र कार्यकर्ता

राजनीतिक कार्यकर्ताले समाज र राष्ट्रको हितमा काम गर्नु अनिवार्य कर्तव्य हो । उनीहरुले संगठनको उद्देश्य हासिल गर्न सकारात्मक भूमिका खेल्नु दायित्व हो ।राजनीतिक कार्यकर्ताको अर्को नाम स्वयंसेवक हो ।

उनीहरु औसत नागरिकभन्दा जागरूक र देशलाई योगदान गर्ने मानिस हुन ।यसर्थ ,राजनीतिक कार्यकर्ता आफैमा ब्यूझिएका , उठेका र जागेका मानिसको समूह हो ।

राजनीतिक तथा सामाजिक चेतनाले भरिपूर्ण , देशको भविष्यप्रति चिंतित र समर्पित जुझारू ब्यक्ति नै असल राजनीतिक कार्यकर्ता हुन । नेपालको परिवर्तनकारी आन्दोलनका इतिहास हेर्दा राजनीतिमा आबध्द नागरिकको भूमिका महत्वपूर्ण रह्यो ।राजनीतिमा समर्पित कार्यकर्ताको बलिदानीले नै निर्णायक भूमिका खेलेको तथ्यलाई कसैले नकार्न सक्दैन ।

तथापि ,संघर्षको अग्रिम मोर्चामा रहेका कार्यकर्ता परिवर्तनपश्चात् भने ब्यक्तिगत स्वार्थमा लिप्त भए ।राजनीतिक कार्यकर्ता स्वार्थलिप्त हुँदा सुशासनमाथि झनै चुनौती थपियो ।मुलुकको राजनीती गुट र उपगुटमा फस्यो । कार्यकर्ता असल, गुणी, त्यागी, इमानदार, नैतिक र निष्ठावान नहुँदा सशक्त पार्टी निर्माण हुन सकेन ।

पार्टी कार्यकर्ताले राजनितिक परिवर्तनमा जतिसुकै ठूलो योगदान गरे तापनि परिवर्तनपश्चात् निहित फाइदाका लागि पाखुरा सुर्केर लागे ।

कार्यकर्ता विचलित हुँदा पार्टी र नेतृत्वलाई सही बाटोमा हिंडाउन रचनात्मक भूमिका खेल्न असफलप्रायस् भए । कार्यकर्ताले गुटप्रधान राजनीतिलई अबश्यक तटस्थ खबरदारीमार्फत प्रतिवाद नगर्दा संस्थागत राजनीती स्थापित हुनै सकने ।

राजनितिक कार्यकर्तामा स्थापित नकारत्मक सोच सिस्नुघारीझै मौलायो । आफ्नो बाहेकका पार्टीले गरेका राम्रा कामलाई पनि धारेहात लगाउने संस्कार बस्यो ।कार्यकर्ता राजनितिक मोहभन्दा माथी उठ्न नसक्दाको परिणाम आफ्ना नेताले फोहर लगाए पनि अपुङगो र अरुले अपुङगो लगाए पनि फोहर देख्ने गलत मानसिकता हाबी भयो ।

राजनितिक दृष्टिविहीनताले राम्रो गर्न खोज्नेहरु निरुत्साहित भए भने खराब गर्नेहरु उत्साहित ।यस्तो परिपाटीले असल मानिसको मनोबल स्खलित भयो ।

कार्यकर्ताको चाप्लूसिले नेताले आफ्ना गल्ती -कमजोरी महसूस गर्ने अवसर नै पाएनन ।अत स् नेतामाथि कार्यकर्ताको दृष्टिविहीन चाकडी मुलुकको समृद्धिको अदृश्य बाधक हो ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *