२०८१ जेष्ठ ६ गते आइतवार

तुलसीपुर बाणिज्य संघको निर्वाचन – कसैले फिर्ता लिएनन् उम्मेदवारी

१६ पदमा ३३ जना बीच प्रतिष्र्धा हुने निश्चित

तुलसीपुर, बैशाख २६ । तुलसीपुर उद्योग वाणिज्य संघको बैशाख २९ गते हुने निर्वाचनको बुधबार इच्छुकले उम्मेदवारी फिर्ता लिन अन्तिम दिन ।
तोकिएको समयमा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् ।

अब १६ पदका लागि दुई प्यानलका ३३ जनाको बीचमा प्रतिष्पर्धा हुने निश्चित भएको छ । निर्वाचन समितिका संयोजक प्रबिण लम्सालका अनुसार संस्थापक सदस्य पदमा चिन्तामणि शर्मा निर्विरोध निर्वाचित भइ सकेका छन् ।

शर्माको पदमा कसैको पनि उम्मेदवारी नपरेको हुँदा उनी निर्विरोध निर्वाचित भएका हुन । यद्यपी निर्वाचन समितिले उनी निर्वाचित भएको घोषणा औपचारिक रुपमा गर्न भने बाँकी नै छ ।
निर्विरोध निर्वाचित शर्मा नेपाली काँग्रेसले प्रष्पर्धामा उतारेका बिनिल केसी नेतृत्व प्यानलका सदस्य हुन ।

निर्वाचन समितिका संयोजक लम्सालका अनुसार तोकिएको समयमा कसैले पनि आफ्नो उम्मेदवारी फिर्ता नलिएको हुँदा बेलुका साढे ५ बजे उम्मेदवारको अन्तिम नामाबली प्रकासित गरि सकेको फरककोणलाई बताए ।

‘ अब हामी मतपत्र तयारी कार्यमा जुटि सक्यौं,’ लम्सालले भने ‘ अब हामीलाई मतदान हुने दिनको मात्रै प्रतिक्षा छ ।’

तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न यस पटक तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् । बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियममा उल्लेख छ । निर्वाचन सकिए लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।
नेपाली काँग्रेसले प्रष्पर्धामा उतारेका बिनिल केसी नेतृत्वको प्यानलमा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी,सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा र सह–कोषाध्यक्षमा दिपेश भण्डारी छन् ।
त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, सदस्यहरुमा शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी –कमल) , तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्ट उम्मेदवार छन् ।

नेपाली कँग्रेसले बर्तमान महासचिव बिनिल केसीलाई बाणिज्य संघको नेतृत्वमा पठाउने निर्णय गरेपछि रुष्ट बनेका काँग्रेसकै ललितजंग शाहले छुट्टै प्यानल निर्माण गरि निर्वाचनमा होमिएका छन् ।

संघका बर्तमान उपाध्यक्ष शाह काँग्रेसबाट बिद्रोह गरि नेकपा एमाले, नेकपा माओबादी लगाएत दलको समर्थनमा छुट्टै प्यानल बनाएर प्रतिपष्र्धामा उत्रिएका छन् । शाह नेतृत्वको साझा खुल्ला उपाध्यक्षमा डिल्लीबहादुर वली, बाणिज्य उपाध्यक्षमा नरेशकुमार राज भण्डारी, उद्योग उपाध्यक्षमा विश्व बस्नेत, कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्रकुमार डाँगी, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार वलीले उम्मेदवारी दिएका छन । त्यस्तै सदस्य तर्फ भिमबहादुर खत्री, कृष्णबहादुर पुन, एसोसेट सदस्यमा सुरेश ज्ञवाली, टोपबहादुर महतरा, मनोजकुमार गुप्ता र महिला सदस्यहरुमा शारदा बस्नेत र मिना रावतको उम्मेदवारी परेको छ ।

सचिव पदमा स्वतन्त्र रुपमा चन्दन वलीले पनि उम्मेदवारी दिएका छन् । स्वतन्त्र भनिएपनि वली नेकपा एमाले निकट मानिन्छन् । संघका पूर्व उपाध्यक्ष भूपाल रावत सचिवमा उम्मेदवार बनाएपनि एमालेका नेताहरुको सल्लाहमा वली चलाखी पूर्वक उम्मेदवार बनाइएका पात्र रहेको स्रोतले बतायो ।

सचिवका उम्मेदवार भूपाल रावत पूर्व अध्यक्ष बिरु रावतका सहोदार दाजु हुन । बिरुका कारण भूपालले उम्मेदवारी फिर्ता लिन सक्ने आशंकाका बीच एमालेले सचिव पदमा चन्दन वलीलाई घुसुवा बालीको रुपमा घुसाएको स्रोतको दाबी छ ।

यी दुबै समुह आ–आफ्नो पक्षमा माहोल निर्माण गर्न घर दैलो र चुनाबी प्रचार अभियानमा तीब्रताका साथ लागि परेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *