२०८१ जेष्ठ ६ गते आइतवार

चट्याङले मरे आधा दर्जन पशु चौपाया


दाङ, बैशाख २६ । सल्यानमा चट्याङले आधा दर्जन पशु चौपाया मरेका छन् ।


गएराति चट्याङले हानेर जिल्लाको बनगाँड कुपिण्डे नगरपालिका – ५ लालबहादुर पुनका आधा दर्जन जति पशु चौपाया मरेको प्रहरीले जानकारी दिएको छ ।


सल्यानका प्रहरी प्रमुख डिएसपी नबीन कार्कीका अनुसार चट्याङ परेपछि गोठ भित्र बाँधेर राखेका पुनले पालेका चार बाख्रा, दुई गाई र एउटा गोरु मरेको हुन ।


घटनास्थल सल्लीबजारदेखि झन्डै २१ किलोमिटर टाढा रहेको हुँदा बुधबार बिहान मात्रै प्रहरी घटनास्थल पुगेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *