२०८१ जेष्ठ ७ गते सोमवार

तुलसीपुर बाणिज्य संघमा उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

तुलसीपुर, बैशाख २६ । तुलसीपुर उद्योग वाणिज्य संघको बैशाख २९ गते हुने निर्वाचनमा फिर्ता लिन चाहाने उम्मेदवारका लागि आफ्नो उम्मेदवारी फिर्ता लिने बुधबार अन्तिम समय सीमा तोकिएको छ ।


बुधबार बेलुका साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासनको समय तोकिएको छ ।
निर्वाचन समितिका संयोजक प्रबिण लम्सालका अनुसार बेलुका साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासन हुने छ ।


संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् ।

निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले तीन बर्षे कार्यकालका लागि बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको फरककोणलाई जानकारी दिए ।
तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।

नेपाली कँग्रेसको सिफारिसमा संघका बर्तमान महासचिव बिनिल केसी र काँग्रेसकै भएपनि बिद्रोह गरि नेकपा एमाले, नेकपा माओबादी लगाएत दलको समर्थनमा संघका बर्तमान उपाध्यक्ष ललितजंग शाह छुट्टै प्यानल बनाइ आपसमा प्रतिपष्र्धा गर्न थालेका छन् ।

यी दुबै समुहले आ–आफ्नो पक्षमा महोल बनाउन प्रचार प्रशारको कार्यलाई तीब्रता दिएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *