२०८१ जेष्ठ ६ गते आइतवार

बिनिल टिमलाई सहयोग गर्न खड्काको संयोजकत्वमा १५१ सदस्य निर्वाचन परिचालन समिति गठन

सल्लाहकारमा दीपक गिरी र गेहेन्द्र गिरी लगाएत

तुलसीपुर, बैशाख २५ । नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार बिनिल केसी नेतृत्वको टिमलाई बिजय बनाउन सहयोगार्थ एक सय ५१ सदस्य निर्वाचन परिचालन मुल समिति गठन गरेको छ ।

मंगलबारको बैठकले नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको संयोजकत्वमा एक सय ५१ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको हो ।


खड्का नेतृत्वको यो समितिमा दाङ क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल, ३ (२) का सभापति खिमबहादुर वली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सरेश हमाल लगाएत दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका सभापतिहरु सदस्य रहेका छन् । त्यस्तै दाङ क्षेत्र नं. ३ का सबै महाधिबेशन प्रतिनिधिहरु, क्षेत्र नं. ३ मा उपलब्ध जिल्ला सदस्यहरु, प्रदेश प्रतिनिधिहरु सदस्य रहेका छन् ।

निर्वाचन परिचालन मुल समितिको सल्लाहकारमा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी र गेहेन्द्र गिरीका साथै जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी र निर्वतमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई चयन गरिएको छ ।

त्यस्तै निर्वाचन परिचालन निर्देशक समितिको संयोजकमा नेता महादेब शाहलाई तोकिएको छ । शाह नेतृत्वको यो समितिमा पूर्व जिल्ला सभापतिहरु कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, नेताहरु शंकर गिरी, केशव आचार्य र श्याम रेग्मी सदस्य रहेका छन् ।

त्यस्तै नेपाल तरुण दलका जिल्ला अध्यक्ष टिकाराम घर्तीको संयोजकत्वमा एक सय एक सदस्य युवा परिचालन समिति गठन गरिएको छ ।

त्यस्तै नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको संयोजकत्वमा प्रचार प्रशार समिति गठन गरिएको छ ।
बैठकमा सहभागी काँग्रेस नेताहरुले काँग्रेसले तय गरेका बिनिल केसी नेतृत्वको टिमलाई अत्यधिक बहुमतले बिजयी बनाउन सबैलाई आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहपनि गरेको छ ।


तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि यही बैशाख २९ गते निर्वाचन हुँदै छ ।
नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट बिनिल केसी नेतृत्वको प्यानल र नेकपा एमाले, माओबादी लगाएत दलको समर्थनमा ललितजंग शाहको प्यानल नेतृत्वको लागि प्रतिष्पर्धामा उत्रिएका छन् । काँग्रेसले टिकट नदिए पछि रुष्ट बनेर काँग्रेसकै उम्मेदवारका पक्षमा मैदानमा उत्रिएका हुन ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *