२०८१ जेष्ठ ६ गते आइतवार

बिनिल नेतृत्वको टिमको जित सुनिश्चित छ – काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी

तुलसीपुर, बैशाख २५। नेपाली काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले तुलसीपुर उद्योग वाणिज्य संघमा बिनिल केसी नेतृत्वको टिमको जित सुनिश्चित प्राय रहेको बताएका छन् ।


मंगलबार बिहान तुलसीपुरस्थित होटेल वष्टर्न पार्टी प्यालेसमा उम्मेदवारहरु संगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व माननीयसमेत रहेका नेता गिरीले बिनिल केसी जत्तिको सालिन र भद्र ब्यक्ति हरेक उद्योगी ब्यबसायीको पहिलो रोजाइमा पर्ने हुँदा जित लगभग सुनिश्चित जस्तै रहेको दाबी गरेका हुन ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य शंकर गिरीले काँग्रेसले बिनिल केसीको नेतृत्वमा बलियो टिम प्रस्तुत गरेको भएपनि जितका लागि प्रजातन्त्रमा बिश्वास गर्ने सबै निष्ठा पूर्वक लाग्नु पर्ने बताए ।


नेता केशब आचार्यले ब्यापार ब्यबसायमा २५ बर्ष लामो अनुभव संगालेका बिनिल केसीको सालिन टिमका पक्षमा उभिन सबैलाई अपिल गरे । नेता महादेब शाहले काँग्रेसका उद्योगी ब्यबसायी एक ढिक्का भइ लागेमा बिनिल केसी नेतृत्वको टिमले अत्यधिक बहुमतले जित्ने दाबी गरे ।

नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको छलफल कार्यक्रममा क्षेत्र नं. ३ (१) का सभापति देबेन्द्र रिजाल, दाङ क्षेत्र नं. ३ का सचिव शोभाकर सापकोटा, महाधिबेसन प्रतिनिधिहरु युवराज खड्का, अरुण लहरे, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्तीले लगाएतले चुनाबी रणनीतिका बारेमा परामर्षहरु दिएका थिए । उम्मेदवारहरुले त्यसक्रममा चुनाबी रणनीतिका बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *