२०८१ बैशाख २१ गते शुक्रवार

प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै आपत्ति

काठमाडौँ ,बैशाख ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश प्रमुखहरू केन्द्र सरकारको इसारामा चलेको भन्दै आपत्ति जनाएको छ ।

गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार भुलेर केन्द्रीय सत्ता गठबन्धनको इसारामा काम गर्न खोजेको भन्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आपत्ति जनाए ।

शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले भने, ‘सुदूरपश्चिममा सरकार गठनका विषयमा प्रदेश प्रमुखले संविधानको बर्खिलाप हुने गरी कदम चाल्नुभयो । एउटा प्रक्रियाबाट आह्वान भएर हस्ताक्षर पेश भइसकेपछि त्यसलाई रद्ध गर्न मिल्दैन । तर सत्ताको इसारामा उहाँले पहिले भएको हस्ताक्षर र दाबीलाई खारेज गर्नुभयो, त्यो असंवैधानिक छ । हाम्रो त्यसमा घोर आपत्ति छ ।’

उनले गण्डकी प्रदेशमा पनि सरकार र प्रदेश प्रमुखले सर्वोच्च अदालतको आदेशको पालना नगरेर अदालतको अपहेलना गरेको आरोप लगाए ।

उनले प्रदेश प्रमुखहरू केन्द्र सरकारको इशाराबमोजिम चल्नु नहुने बताए ।

‘प्रदेश प्रमुखहरु संविधानविपरीत केन्द्र सरकारको निर्देशनबमोजिम काम गर्न उद्दत देखिनुभएको छ । यो गलत हो । यो असंवैधानिक हो । कांग्रेसले यी कुराहरुको घोर आपत्ति जनाउँछ,’ उनले भने ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *