काठमाडौं,बैशाख ७ । स्थानीय बजारमा पहेंलो धातुकाे मूल्य शुक्रबार पनि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ।
बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ।
प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार