२०८१ जेष्ठ ५ गते शनिवार

सर्वाधिक पुरस्कार रासिको दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको तयारी अन्तिम चरणमा

लक्ष्मण बस्नेत, तुलसीपुर,फागुन १ । दाङ तुलसीपुर अरनिको मैदानमा हुने दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ नजिकिदै गर्दा तयारी अन्तिम चरणमा पुगेको छ ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा सञ्चालन हुने प्रतियोगिता लाई भब्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले प्रतियोगितामा आबश्यक पर्ने सबै प्रकारका तयारी लाई तिव्र पार्दै तयारी अन्तिम चरणमा आईपुगेको फाउन्डेसनका अध्यक्ष पोखर सिह डागिले जानकारी दिए ।

प्रतियोगिता आउन दुई दिन बाकी रहदा तयारी अन्तिम चरणमा पुर्‍याएका छौ आज खेलमैदान मर्मत र सरसफाई गरिएकोछ प्रतियोगितामा सहभागी हुने आठ टिमको खेल तालिका प्रकाशित लगाएतका कामहरु सकिएका छन,अध्यक्ष डागिले भने ।

पहिलो संस्करण भब्य रुपमा सम्पन्न गरेको फाउन्डेसन दोस्रो संस्करण लाई थप सार्थक बनाउने प्रयास रहेको छ । यतिबेला प्रतियोगिताको प्रचार प्रसार, आर्थिक व्यवस्थापन,आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य संस्कार लगाएतका पक्षमा सशक्त लागि परेको फाउन्डेसनका सचिव केशव चौधरी मिग्माले जानकारी दिए ।

२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा गत वर्ष देखि स्मृति कप फुटबल हुँदै आएको सचिव चौधरीले जानकारी दिए ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ ।

जसमध्ये छिमेकी राष्ट्र भारत को साहारा क्लब लखनऊ , जिल्ला भन्दा बाहिरको एक क्लब र जिल्ला भित्रका ६ क्लबको सहभागिता रहनेछ ।

प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्र्फि र प्रमाणपत्र हात पार्ने छन ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *