२०८१ जेष्ठ ५ गते शनिवार

खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि घोराही उपमहानगरलाई

घोराही, माघ २७ । खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि घोराही उपमहानगरपालिकाले जितेको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको सम्झनामा प्रत्येक बर्ष आयोजना हुने अन्तरपालिका भलिवलको उपाधि यसबर्ष घोराहीले जितेको हो ।

घोराही उपमहानगरपालिका–१५ शहिद मञ्चमा भएको प्रतियोगिताको फाइनल खेलमा लमही नगरपालिकालाई ३–२ को सेटमा हराउँदै प्रतियोगिताको दोश्रो संस्करणको उपाधि घोराहीले हात पारेको हो ।

बिजेता घोराहीले नगद दुई लाख २५ हजार रुपैयासहित ट्रफि,मेडल र प्रमाणपत्र समेत हात पारेको छ । पहिलो संस्करणमा घोराही लिकचरणमा आउट भएको थियो ।

तर यो पटक भने उपाधि जित्न सफल भएको हो । फाइनल खेलको पहिलो सेटमा पराजित भएको घोराहीले त्यसपछि पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो ।

विभागीय नेपाल प्रहरी क्लवका खेलाडी समेत रहेका रविन चन्द र विशाल विश्वकर्माको उत्कृष्ठ प्रदर्शन प्रर्दशनसँगै घोराहीले २५–२७, २५–१६ १९–२५, २५–१२ र १५–९ को सेटमा जित निकाल्न सफल भएको हो ।

उपबिजेता लमही नगरपालिकाले नगद एक लाख १२ हजार पाँच सय रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी प्रतियोगितामा शान्तिनगर गाउँपालिका तेश्रो र राजपुर गाउँपलिका सान्त्वना भएका छन् ।

तेश्रो भएको शान्तिनगर गाउँपालिकाको टिमले नगद ५६ हजार २ सय ५० र सान्त्वना भएको राजपुर गाउँपालिकाको टिमले नगद १३ हजार १ सय रुपैयाँसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

बिजेता टिम तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका लुम्विनी प्रदेश सभापति एवं पूर्व सिचाई राज्यमन्त्री अमर पुन, राष्ट्रियसभा सदस्य अनिता देवकोटालगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीमा घोराहीका रविन चन्द, उत्कृष्ट सर्बरमा लमहीका दिपेन्द्र कुमाल, उत्कृष्ठ लिब्रोमा शान्तिनगरका राजबहादुर खवास, उत्कृष्ट सेटरमा घोराहीका विज्ञान थापा, उत्कृष्ट स्पाइकरमा लमहीका गणेश बुढाथोकी, उत्कृष्ट ब्लकरमा घोराहीका विशालबहादुर विश्वकर्मा, उत्कृष्ट कोचमा घोराहीका ओकबहादुर बिकलाई पुरस्कृत गरिएको थियो ।

माघको २० गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दश वटा स्थानीय तहका खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *