२०८१ जेष्ठ ५ गते शनिवार

प्रथम दाङ जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत,दाङ,माघ २०। प्रथम दाङ जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता आज देखि नारायणपुरमा सुरु भएको छ ।

नारायणपुर तेक्वान्दो डोजाङको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका वडा न १० का अध्यक्ष दिपक पाण्डेले गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले खेल पुर्वाधार बिकास बिना सिङ्गो खेलकुदको बिकास असम्भव भएको बताए ।

राज्यले खेलकुद क्षेत्र लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसकेका कारणले खेलकुदले अपेक्षाकृत फड्को मार्न नसकेको तर्क गर्नु भएका पाण्डेले स्थानिय सरकारको यसतर्फ ध्यान जान आबश्यक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पाण्डेले वडाका तर्फबाट खेलकुदका भौतिक पुर्वाधार निर्माण र खेल गतिबिधिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्ता समेत ब्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथी लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले मानव जिवनको अभिन्न अंगको रुपमा रहेको खेलकुदको बिकास र बिस्तारका लागि स्थानिय स्तरबाट लाग्नु पर्ने बताए ।

अब राज्यको मुख ताकेर नबसौ दरिलो आट र ईच्छा शक्ति लिएर अमग्र खेलकुदको बिकासमा जुटौ अनि मात्र बिकासले सार्थकता पाउने छ,उनले भने ।

त्यस्तै जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्यले स्वस्थ जिवनशैलिका लागि खेलकुद महत्त्वपुर्ण भएको बताए ।

साथै उनले अनुशासनको उच्च आदर्शलाई आत्मसाथ गर्दै खेल खेल्न खेलाडिलाई आग्रह गरे ।

नारायणपुर डोजाङ्गका प्रमुख तिलक झाक्रीमगरको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतियोगिता संचालन समितिका सदस्य प्रमोद चौधरीको स्वागत रहेको कार्यक्रमको संचालन तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियारले गरेका थिए ।

भोलि शनिवार सम्म चल्ने प्रतियोगितामा जिल्लाका जोजाङहरुका झण्डै १ सय पचास बढी खेलाडिहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको गेरोगी पुरुष तर्फ १० र महिला तर्फ ८ तौल समूह तथा महिला पुरुष सिनियर जुनिएर पुम्सेमा कडा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *