२०८१ जेष्ठ ५ गते शनिवार

लुम्बिनी प्रदेश स्तरिय बास्केटबल प्रतियोगिता हुदै

लक्ष्मण बस्नेत,दाङ,माघ १९ । लुम्बिनी प्रदेश स्तरिय थ्री ए साईट बास्केटबल प्रतियोगिता २०७९ भोलि शुक्रबार देखि सुरु हुदैछ ।

दाङ जिल्ला बास्केटबल संघको आयोजनामा संचालन हुने प्रतियोगिता घोराही १८ सालघारि बास्केटबल कोर्डमा हुनेछ ।

प्रतियोगिताको औपचारिक उद्घाटन बिहान साढे सात बजे गरिने तय भएको छ ।

दुई दिन सम्म चल्ने प्रत्योगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १० टिमको सहभागिता रहने जिल्ला बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसीले जानकारी दिए ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,ट्रफी,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता टिमले नगद १५ हजार,ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको व्यक्तिगत बिधा तर्फ खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सर्वोउत्कृट खेलाडि र एक जना उदयमान खेलाडि घोषित गरि ट्रफी प्रदान गरिने अध्यक्ष केसिले जानकारी दिए ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा दाङ जिल्ला बास्केटबल संघ र सोल्टी स्क्वार्ड घोराही भिड्नेछन् । खेल साढे ८ बजे हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *