२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुरले फागुनमा मेयर कप र राष्ट्रपति रनिङशिल्ड गर्ने

तुलसीपुर, माघ १४ । तुलसीपुर उपमहानगरपालिकाले फागुन महिनामा मेयर कप र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फागुन ५,६ र ७ गते विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने भएको हो ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक टीकाराम खड्काको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

यो वर्षको रनिङशिल्ड महेन्द्र माध्यमिक विद्यालयले संयोजन गर्न थालेको छ । त्यस्तै अघिल्ला वर्षहरुमा रोकिदै आएको मेयर कप प्रतियोगिता यो वर्ष भने सञ्चालन गर्न थालिएको छ ।

फाुगन २७ गतेदेखि ३० गतेसम्म आयोजना मेयर कप आयोजना गर्ने निर्णय गरिएको सदस्य सचिव एवम शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै शिक्षा समितिको बैठकले शिक्षण प्रयोजनबाहेक अन्य समयमा सम्पूर्ण विद्यालयका शिक्षकहरुलाई कक्षाकोठामा मोबाइल लैजान प्रतिबन्ध निर्णय समेत गरेको छ ।

 

 

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *