२०८१ जेष्ठ ५ गते शनिवार

जिल्लास्तरीय अन्तर विद्यालय छात्र छात्रा फुटसल सुरु

लक्ष्मण बस्नेत,दाङ, माघ ६ । दाङ जिल्लास्तरीय अन्तर विद्यालय छात्र छात्रा फुटसल प्रतियोगिता–२०७९ शुक्रवारदेखि तुलसीपुरमा सुरु भएको छ ।

नेशनल प्याब्सन तुलसीपुर नगरको आयोजमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले सिंगो खेलकुद क्षेत्र राष्ट्रको सान र गौरव भएको बताएका थिए ।

‘स्वस्थ जीवनशैलीका लागि खेलकुद आजको आवश्यकता हो’,प्रमुख अतिथि खड्काले भने,‘अन्तरास्ट्रियस्तरमा राष्ट्रिय झन्डा फहराउदै राष्ट्रिय पहिचान कायम गर्ने एक मात्र दरिलो माध्यम खेलकुद नै हो ।’

उनले खेलकुदको उच्च आदर्शलाई सबैले आत्मसाथ गर्नसके खेलकुदको बिकासले उचाई लिने बताए ।

नेशनल प्याब्सन तुलसीपुर नगर समितिका उपाध्यक्ष सुमन केसीको स्वागत रहेको कार्यक्रममा नेशनल प्याब्सनका केन्दिय उपाध्यक्ष सुबोधकुमार डाँगी,तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीलगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

नेशनल प्याब्सन तुलसीपुर नगरका अध्यक्ष शालिकराम कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न कला, संस्कृती झल्कने नेत्य प्रस्तुत गरिएको थियो ।

सो अबसरमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्ल, नेशनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्मा, जिल्ला अध्यक्ष बिमल गौतम, जिल्ला सचिब ठाकुरप्रसाद डाँगी,लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेकबहादुर बिक, रिपोर्टस नेपाल दाङका अध्यक्ष शरद रेग्मीलगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन तुलसीपुर नगर सचिव मेघराज पोख्रेलले गरेका थिए ।

यसैबिच प्रतियोगिता अन्तरगत शुक्रवार सम्पन्न पहिलो चरणको खेलमा छात्रतर्फको खेलमा ज्ञान ज्योति तुलसीपुर,मिडवयस्ट प्वाइन्ट एकाडेमी खैरेनी, शिखा बोर्डिङ स्कुल तुलसीपुर, लक्ष्य एकाडेमी तुलसीपुर, बाल सहारा तुलसीपुरले बिजयी यात्रा सुरु गरेका छन ।

प्रतियोगिता माघ ८ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *