२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुरमा जिल्ला स्तरीय अन्तरविद्यालय छात्र–छात्रा फुटसल प्रतियोगिता हुने

तुलसीपुर,माघ ३ । तुलसीपुरमा जिल्ला स्तरीय अन्तरविद्यालय छात्र–छात्रा फुटसल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्यावसन) तुलसीपुरको आयोजनामा जिल्ला स्तरीय अन्तरविद्यालय छात्र–छात्रा फुटसल प्रतियोगिता सञ्चालन हुन लागेको मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

‘नेसनल प्यावसनको मान्यता,शिक्षामा खेलकुदको अपरिहार्यता’ भन्ने मुल नारा सहित यहि माघ ६,७ र ८ गते तुलसीपुरको अरणीको मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेसनल प्यावसन तुलसीपुरका अध्यक्ष शालिकराम कार्कीले जानकारी दिए ।

शारिरिक र मानसिक रुपमा विद्यार्थीहरुको विकासमा सहयोग पु¥याउने हेतुले प्रतियोगिताको आयोजना गरिएको उनले बताए । उनका अनुसार उक्त प्रतियोगितामा ऐन प्यावसनका ७३ वटा विद्यालयहरुको सहभागिता रहने छ । प्रतियोगितामा ३० टिम छात्रको रहने छ भने २० टिम छात्राको रहने छ ।

रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेसनल प्यावसनका केन्द्रिय सदस्य प्रकाश कुमार शर्मा,जिल्ला अध्यक्ष बिमल गौतले विद्यार्थीहरुको सर्वाङगीक विकासका लागि खेलकुद आवश्यक रहेको तर्क गरे । खेललाई महत्वपुर्ण मान्दै प्यावसनले विगत देखि नै विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि बताए ।

पत्रकार सम्मेलनको सहजीकरण नेसनल प्यावसन तुलसीपुरका प्रवक्ता भागवत भट्राईले गरेका थिए । प्रतियोगिताको उद्धघाटन कार्यक्रम माघ ६ गते बिहान ११ ः ३० बजे हुनेछ ।

प्रतियोगिताको उद्धघाटन कार्यक्रम अघि विभिन्न झाँकी¥याली सहित बजार परिक्रमा गरिने कार्यक्रम तय भएको नगर सचिव मेघराज पोख्रेलले जानकारी दिए ।

साथै उनले उक्त कार्यक्रममा उपस्थितीका लागि सबैमा अनुरोध समेत गरे ।

 

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *