२०८१ जेष्ठ ५ गते शनिवार

स्थापना दिबशमा पत्रकार महिलाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता

घोराही, पुस २ । नेपाल पत्रकार महासघ दाङले ३० औ स्थापना दिबसको अबसरमा शनिबार घोराहीमा महिला पत्रकारहरुका लागि मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको अध्यक्षतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

घोराही स्थित गैरागाउँमामा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

समुह (ए) र समुह (बि) बिच प्रतियोगिता भएको थियो । जसमा समुह (ए) विजयी भएको छ ।

त्यसअबसरमा खेलमा प्रयोग हुँने जर्सी घोराही उपमहानगरपालिका १५ को विजी मार्केटमा रहेको फ्रेन्स वयर हाउसका सञ्चालक नविन ओलीले उपलब्ध गराएका थिए ।

कार्यक्रमबारे जानकारी नेपाल पत्रकार महासघ दाङका सचिव आरके शितलले गराएका भने सहजिकरण सहसचिव दिप्ति शिखा चौधरीले गरेकी थिइन् ।

यसैबीच दिबशका अबसरमा पुस ३ गते खाद्यान्न घोराहीमा सामाग्री वितरण गर्ने कार्यक्रम तय भएको छ भने पर्सि ४ गते तुलसीपुरमा साधारणसभा कार्यक्रम गरिने सचिब आरके शितलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *