२०८१ जेष्ठ ५ गते शनिवार

नेपाल समूह चरणबाटै घर फर्कियो

डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ । आज साँझ बङ्गलादेशको सिल्हेट डिस्ट्रिक रङ्गशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग १–० गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७०औँ मिनेटमा प्यालेस्टाइनका मोहमद अलिविसादले गोल गर्दै आग्रता दिलाए । सोही गोल नै खेलको निर्णायक बन्यो । बुधबार भएको समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न आजको खेल जित्नैपर्ने थियो ।

समूह ‘ए’ मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान रहेका थिए । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।

नेपाल र प्यालेस्टाइनबीच पछिल्लो पटक सन् २०१२ को एएफसी च्यालेञ्ज कपमा प्रतिस्पर्धा भएको थियो । दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई प्यालेस्टाइनले २–० गोलले हराएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *