२०८१ बैशाख २१ गते शुक्रवार

ए जिन्दगी…

-बिशाल गुप्ता ।

जिन्दगी ए जिन्दगी
कति प्रखायौ मलाइ
कति चरकायौ मलाई
कति थर्कायौ मलाइ
कति सम्झायौ मलाइ

ए जिन्दगी
रित्तो हात त आएको थिए
कति फर्कायौ मलाइ
आफ्नै देखि कति तर्सायौ मलाइ

जुन मोड देखि छुटिएको थिए
त्यहि लर्कायौ मलाइ
ए जिन्दगी
कति भड्कायौ मलाइ

सन्सारमा देखिने एक अनुहार
गालामा किन  चड्कायौ मलाइ
ए जिन्दगी
कति फर्कायौ मलाइ

ए जिन्दगी
भन्छाै भने म आफैलाई जलाइ दिन्छु
कोरि देउ सलाई
बल्छाै भने जिन्दगी चलाइ दिन्छु
गरि देउ भलाइ
मार्ग देखाउ मलाइ
ए जिन्दगी

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *