२०८१ जेष्ठ ५ गते शनिवार

महिला टी–२० विश्वकप आज सुरु हुँदै,सर्वाधिक सफल टिम अस्ट्रेलिया

काठमाडौँ ,माघ २७ । महिला टी–२० विश्वकपको आठौं संस्करण शुक्रबारबाट दक्षिण अफ्रिकामा सुरु हुँदै छ। पहिलो खेल आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीच राति १०ः४५ बजे सुरु हुँदै छ। १० टिम सहभागि प्रतियोगिता १७ दिनसम्म चल्ने छ। प्रतियोगिताको फाइनल २६ फेब्रुअरीमा केपटाउनमा हुने छ।

१० टीमलाई ५–५ वटा गरी दुई समूहमा विभाजन गरिएको छ। २१ फेब्रुअरी सम्ममा १० टिमबिच २० खेल हुने छन्। दुबै समूहका शीर्ष दुई–दुई टिम सेमिफाइनलमा स्थान बनाउने छन्। २३ र २४ फेब्रुअरीमा सेमिफाइनल खेल हुने छ। महिला टी–२० विश्वकप २००९ मा पहिलो पटक भएको थियो।

इंग्ल्यान्डमा भएको उक्त प्रतियोगितामा आयोजक इंगल्यान्ड च्याम्पियन बनेको थियो। त्यसपछि २०१० मा भएको प्रतियोगिता अस्ट्रेलियाले जितेको थियो। त्यसपछि हरेक दुई वर्षमा प्रतियोगिता हुँदै आएको छ। पछिल्लो पटक २०२० मा अस्ट्रेलियामा भएको प्रतियोगितामा घरेलु टोली अस्ट्रेलियानै च्याम्पियन बनेको थियो।

अस्ट्रेलियाले महिला विश्वकपको उपाधि ५ पटक जित्दै सर्वाधिक सफल टिमका रुपमा आफूलाई उभ्याएको छ। ७ मध्ये ५ प्रतियोगिताको उपाधि विजेता यो पटक पनि दाबेदार मानिएको छ। अस्ट्रेलिया बाहेक इंग्ल्यान्डले २००९ को पहिलो संस्करण र वेस्टइन्डिजले २०१६ मा प्रतियोगिताको उपाधि जितेको छ।

भारत भने प्रतियोगितामा उपाधि विहिन रहेको छ। न्युजिल्यान्ड दुई पटक उपविजेता बन्दा भारत एक पटक उपविजेता बनेको छ। श्रीलंका, पाकिस्तान, बंगलादेश र आयरल्यान्ड समूहचरणभन्दा अघि बढ्न सकेका छैनन्।

 

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *