२०८१ जेष्ठ ५ गते शनिवार

प्रथम अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत,दङ्गिशरण,माघ १४ । दङ्गिशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिता २०७९ आज देखि सुरु भएको छ ।

दङ्गिशरण गाउँपालिका दाङको आयोजनामा संचालित प्रतियोगिताको गाउँपालिका अध्यक्ष शम्भु गिरिले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिएको हो ।

गाउँपालिकामा खेलकुदको पहुँच अभिवृद्धिसंगै प्रतिभावान खेलाडिको पहिचान गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाका सात वडाका फुटबल तथा भलिबल टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तरगत आज सनिवार भएको फुटबल खेलमा वडा न ६ र ३ सेमिफाइनलमा प्रवेश गरेका छ्न । वडा न ६ ले वडा न ४ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो ।

त्यस्तै वडा न २ लाई टाईवेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै वडा न ३ ले सेमिफाइनल यात्रा तय गरेको हो । सेमिफाइनल खेल भोलि आईतवार हुनेछ्न । खेल अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री सुरेश बुढामगर,आदेश केसि,प्रकाश न्यौपाने र राजन जिएम रहेका छन

त्यस्तै भलिबल तर्फ वडा न ६, वडा न १ र वडा न ३ ले सेमिफाइनल यात्रा तय गरेका छन । सेमिफाइनल खेल आईतवार हुने दङ्गिशरण गाउँपालिका सामाजिक बिकास समिती संयोजक तथा प्रतियोगिताका संयोजक रोषण जंग शाहले जानकारी दिए ।

यसैबिच दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा स्वागत दङ्गिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले दिए ।

कार्यक्रमको संचालन दङ्गिशरण गाउँपालिका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।

प्रतियोगिता माघ १६ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *