२०८१ जेष्ठ ५ गते शनिवार

मेस्सीलाई वैकल्पिक खेलाडीमा राख्दा प्रशिक्षक भालभेर्दे आलोचित

स्टार लियोनल मेस्सीलाई वैकल्पिक खेलाडीको रुपमा राख्दा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्दे आलोचित भएका छन्। शनिबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोविरुद्ध भालभेर्देले मेस्सीलाई पहिलो हाफमा आराम दिएका थिए।

तर मेस्सी नभएको खेलमा बिल्बाओले खेलको ४१ औं मिनेटमा अग्रता लिएको थियो। यद्यपी मेस्सी खेलको ५५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै टोलीलाई हारबाट जोगाए।

उनले गोल गर्न नसकेपनि खेलमा मुनिर इल हदादीको गोलका लागि पास दिए। बार्साले खेल सकिन ६ मिनेट बाँकी रहँदा हदादीको गोलबाट बराबरी गोल फर्काएको थियो।

खेल सकिएसँगै सामाजिक संजाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा भेलभार्देलाई आलोचना गरिएको छ। खेलपछि भेलभार्देले आफूले टिमकै लागि मेस्सीलाई पहिलो हाफमा आराम दिएको प्रतिक्रिया दिए।

समर्थकले जस्तो भनेपनि अफूले क्लवकालागि सँधै जित सोच्ने उनको भनाइ थियो। मेस्सीलाई मैदान बाहिर राख्दा टोली धरापमा पर्ने उनले स्वीकारे पनि कतिपय खेलमा मेस्सीलाई आराम दिनुपर्ने उनको तर्क थियो।

खेलपछि कप्तान मेस्सीले आत्तिनुपर्ने कुनै अवस्था नभएको प्रतिक्रिया जनाए। उनले सिजन भर्खर सुरुवात भएकाले बार्सिलोनाले अझै उत्कृष्ट प्रदर्शन गर्ने बताए। बार्सिलोना उत्कृष्ट क्लब भएकाले आफैमा मात्र क्लब निर्भर नभएको उनको भनाइ थियो।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *