२०८१ जेष्ठ ५ गते शनिवार

शनिबार ला लिगामा पहिलो ‘मड्रिड डर्बी’ भिडन्त, बार्सालेपनि खल्दै

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा शनिबार पहिलो मड्रिड डर्बी भिडन्त हुँदैछ। बलिया टोलीहरु रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेल नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछ।

रियल मड्रिडबाट रोनाल्डोको बहिर्गमन भएपछि ला लिगामा पहिलो पटक मड्रिडले एथ्लेटिकोसँग खेल्न लागेको हो। यसअघि प्रि–सिजनमा भएको यूइएफए सुपर कप फाइनलमा भने एथ्लेटिकोले मड्रिडलाई पराजित गरेको थियो।

आज निकै दबाबकाबीच रियल मड्रिड आफ्नै घरेलु मैदान सान्टियागो बर्नेबेउमा एथ्लेटिकोविरुद्ध उत्रन लागेको छ। आजको खेलमा पराजित भए मड्रिडलाई अंक तालिकामा गहिरो झड्का लाग्नेछ।

यसअघि मड्रिड ला लिगाको पछिल्लो खेलमा सेभियासँग ३–० ले पराजित भएको थियो। ला लिगा अंक तालिकामा समान १३–१३ अंक भएका बार्सा र मड्रिड क्रमश शीर्ष र दोस्रो स्थानमा छन्। एथ्लेटिको भने ११ अंक सहित तेस्रो स्थानमा छ।

आजै हुने अर्को खेलमा बार्सिलोना र एथ्लेटिको बिल्बाओ बीचपनि प्रतिस्पर्धा हुँदैछ। खेल बार्साको घरेलु मैदानमा नेपाली समयअनुसार राति ८ बजे सुरु हुनेछ।

आज मड्रिड र बार्साले एक आपसमा नखेलेपनि दुवै लिग शीर्षताको लडाइमा छन्। जितेमा दुवैलाई फाइदा पुग्नेछ। यदी दुवै हारेमा एथ्लेटिकोले शीर्षता हासिल गर्नेछ।

प्रकाशित मिति : २०७५ असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *