२०८१ बैशाख २१ गते शुक्रवार

बिहीबार सुन- चाँदीको मूल्य बढयो


काठमाडौं, चैत १ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *