२०८१ बैशाख २१ गते शुक्रवार

नेप्से परिसूचक २६‍.३६ अकंले घट्याे


काठमाडौँ ,पुस २२ । सेयर कारोबार मापक नेप्से परिसूचक २६‍.३६ अकंले घटेको छ ।
आइतबार १.२८ प्रतिशतले घटेको नेप्से परिसूचक २ हजार २२.९२ को विन्दुमा सीमित भएको हो ।

कुल ३ सय ४ कम्पनीमध्ये ८१ वटा कम्पनीको सेयर मूल्य बढ्यो । १५९ कम्पनीको मूल्य घट्यो भने ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

आइतबार १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

जलविद्युत् समूहको उपसूचक २५.१६ अंकले बढ्दा अन्य सबै समूहको उपसूचक घट्यो । सबैभन्दा धेरै जीवन बीमा समूह २५९.६८, निर्जिवन बीमा १८६.४०, व्यापार उपसमुह ६२.७८ अंकले घट्यो ।

तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनीलगायत ९ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.६९ प्रतिशतले घट्यो । नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ६.४९ प्रतिशतले घट्यो ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *