२०८१ फाल्गुन २ गते शुक्रवार

आगलागी क्षेत्रमा स्वास्थ्यकर्मी संघको स्वास्थ्य शिबिर


दाङ ,बैशाख २८ । नेपाल स्वास्थ्यकर्मी संघ दाङले शुक्रबार राजपुर गाउँपालिकाकाे हाडबासमा भएकाे आगलागि क्षेत्रमा आगलागी प्रभावितहरूकाे लागि स्वास्थ्य शिबिर सञ्चालन गरेको छ ।

बैशाख १६ गते आगलागि भएको थियो । स्वास्थ्य शिबिरमा १६३ जनाले सेवा लिएका थिए ।
कार्यक्रममा २ जना चिकित्सक सहित १५ जना स्वास्थ्यकर्मीहरू परिचालन भएका थिए ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षतामा भएको हो । पालिका उपाध्यक्ष धनपतिदेवि यादवको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डे, वडा नं ७ का वडा अध्यक्ष पुष्कर वलीले मनतव्य राखेका थिए ।

शिविरमा औषधि ब्यबस्थापन सहयाेग गर्ने NMSRA दाङ र एप्पलका मेडिकल रिपरजेन्टेटिभ शुभम शर्माले धन्यबाद दिएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *