२०८१ बैशाख २० गते बिहिवार

नेपालमा डेंगु संक्रमितको सङ्ख्या २२ हजार नाघे

काठमाडौं,भदौ १८ । नेपालमा डेंगु संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल डेंगु संक्रमितको सङ्ख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ ।

तथ्याङ्क अनुसार गएको साढे सात महिनाको अवधिमा संक्रमितको कुल सङ्ख्या २२ हजार ६२७ जना पुगेको हो । संक्रमित मध्ये १४ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । यस्तै डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ ।

संक्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै १२ हजार ४३१ जनामा संक्रमित सुनसरी जिल्लामा छन् । दोस्रोमा २ दुई हजार २४९ जना मोरङमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, झापामा १ हजार ३४७, काठमाडौँमा ४४५, धनगढीमा ३४२, धनुषामा ३३१, सङ्खुवासभामा ३०२, कास्कीमा २६७ र कैलालीमा २१६ जना संक्रमित रहेका छन् ।

यसैबिच सात प्रदेश मध्ये सबैभन्दा धेरै कोसी प्रदेशमा डेंगु संक्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १७ हजार ८८ जना डेंगु संक्रमित छन् ।

त्यसपछि बागमती प्रदेशमा ३ हजार २४९ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपञ्चिम प्रदेशमा ६६०, मधेस प्रदेशमा ५१९, लुम्बिनी प्रदेशमा ३८५ र कर्णाली प्रदेशमा ४७ जना संक्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *